दफा ३३४
गुठी सम्पत्तिको संरक्षण

(१) गुठी सञ्चालकले गुठीको सम्पत्ति सम्भार तथा संरक्षण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनको लागि कुनै किसिमको कानूनीकारबाही गर्नु पर्ने भए वा कुनै सार्वजनिक अधिकारी समक्ष कुनै किसिमको रीत पु¥याउनु पर्ने भए त्यस्तो समेतगर्न सक्नेछ ।
(२) गुठीको सम्पत्ति संरक्षण वा सम्भार गर्दा गुठी सञ्चालकले आफ्नै सम्पत्ति सरह उचित र मनासिब हेरविचार तथा गुठीसम्पत्तिको अभिवृिद्व हुने काम गर्नु पर्नेछ ।